बारा, चैत्र २९ । पूर्वराजा ज्ञानेन्द्र शाहले गणतन्त्र स्थापनापछि पनि राजसंस्थाप्रति जनमत बढेको बारे आफु अनभिज्ञ रहेको बताएका छन् । बाराको सिमरा विमानस्थलमा पत्रकारसंग पूर्वराजा शाहले जनमत बढेको बारे आफुभन्दा जनता नै बढी जानकार रहेको टिप्पणी गरे ।
दुई साता लामो धार्मिक भ्रमणका लागि हिजो सांझ सिमरा पुगेका पूर्वराजा ज्ञानेन्द्रले धरानको बराहा क्षेत्रमा महाकुम्भ मेलाको भ्रमणपछि जनतासंग प्रत्यक्ष भेटघाट गर्ने बताए । उनले जनताको निम्तोमा आफुले भ्रमण गर्न लागेको र आफुलाई बोलाएको ठाँउमा जाने जानकारी दिए ।
पूर्वराजा शाह बैशाख १ देखि धार्मिक स्थलको भ्रमण थाल्नेछन् । यसअघि उनको स्वागतका लागि बारा, पर्सा जिल्लाका विभिन्न स्थानबाट राष्ट्रबादी र राजसंस्थाको समर्थक सर्वसाधारणले स्वागत गरेका थिए । IMAGEKHABAR