चैत्र २९ – भारतमा आज लोकसभाका लागि चौथो चरणको मतदान भैरहेको छ । चार राज्यका सात सीटमा निर्वाचन हुन लागेको हो । गोवा, असम, त्रिपुरा र सिक्किम राज्यमा निर्वाचन हुन लागेको हो । सिक्किममा भने ३२ सदस्यीय विधान सभाका लागि पनि सँगसँगै मतदान भैहरहेको छ ।
पाँच साता लगाएर नौ चरणमा हुने निर्वाचन मे १२ मा सकिए पनि मतगणना भने मे १६ बाट थालिने छ । ५ सय ४३ सीट भएको भारतीय लोकसभामा बहुमतसिद्ध गर्न २ सय ७२ सीट जित्नु पर्ने हुन्छ ।
यसपटक पनि विगतमा झै दुई मूख्य दल कांँग्रेस आई र भारतीय जनता पार्टीबीच मूख्य प्रतिष्पर्धा भैरहेको छ ।
– Agencies