ठाडा, अर्घाखाँची, चैत २९ – अर्घाखाँची जिल्लाको ठाडामा भएको ट्रयाक्टर दुर्घटनामा चालकको मृत्यु भएको छ ।
सितापुर ।
सितापुरबाट सडक निर्माणका लागि बाटो पिच गर्ने अलकत्रा लिएर जाँदै गरेको लु २ त ८८९८ नम्बरको ट्रयाक्टर ठाडा गाबिसको वार्ड नम्बर – २ स्थित रिपाहामा दुर्घटना भएको थियो।
दुर्घटनामा दाङ जिल्ला गोबरडिहा गाविस- १ का ३१ वर्षका रामु बोटेको ज्यान गएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका चालक बोटेको प्राथमिक स्वास्थ्य केन्द्र ठाडामा उपचारको क्रममा ज्यान गएको प्रहरीले बताएको छ।
ठाडा ।
टयाक्टर सडकबाट ६० मिटर तल खसेको थियो । टयाक्टर अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।
Arjun Bhusal in Arghakhanchi contributed to this report.