नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्षमा प्रदीपजंग पाण्डे विजयी

काठमाडौ, चैत्र ३० – नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को अध्यक्षमा प्रदीपजंग पाण्डे विजयी भएका छन् । यसअघि उपाध्यक्ष रहेका पाण्डेका प्रतिद्वन्द्वी वरिष्ठ उपाध्यक्ष भाष्करराज राजकणिर्कार थिए ।
निर्वाचन समितिले शनिबार राति करिब पौने २ बजे सार्वजनिक गरेको मतपरिणामअनूसार जिल्ला/नगरतर्फबाट पाण्डेले ५१ र राजकणिर्कारले ४२ मत पाएका थिए । वस्तूगततर्फबाट पनि पाण्डेले ५६ र राजकणिर्कारले ३२ मत पाएका थिए । समितिका अनूसार एसोसिएटतर्फबाट भने पाण्डेले २ सय ८९ र राजकणिर्कारले २ सय ९१ मत प्राप्त गरेका हुन् । ‘पाण्डेले ५४ दशमलब ६ र राजकणिर्कारले ४५ दशमलब ४ प्रतिशत मत प्राप्त गरेका हुन्,’ प्रमूख निर्वाचन अधिकृत शिवप्रसाद रिजालले भने । ६४ वर्षीय पाण्डे महासंघको १७ औं अध्यक्ष हुन् । पाण्डेले व्यवस्थापन र अर्थशास्त्रमा स्नातकोत्तर गरेका छन् । उनको औषधि, बैंक, सिमेन्टलगायत उद्योगमा लगानी छ ।
मतपरिणाम घोषणापछि पाण्डेले सबै क्षेत्रलाई मिलाएर अघि बढ्ने प्रतिक्रिया दिए । ‘निजी क्षेत्रका लागि अहिले एकता अति आवश्यक छ,’ उनले भने, ‘निजी क्षेत्र, श्रमिक सबैलाई मिलाएर अघि बढ्नेछू ।’ पाण्डे महासंघमा दूई दशकदेखि आबद्ध छन् ।
महासंघको एसोसिएटतर्फका उपाध्यक्षमा शेखर गोल्छा निर्वाचित भएका छन् । गोल्छा राजकणिर्कार पक्षका उम्मेदवार हुन् । उनका प्रतिद्वन्द्वी विके श्रेष्ठले २ सय ३७ ल्याएका थिए भने गोल्छाले ३ सय ३६ मत ल्याई विजयी भए । उनी गोल्छा अर्गनाइजेसनका कार्यकारी निर्देशक हुन् । वस्तूगत तर्फको उपाध्यक्षमा दिनेश श्रेष्ठ विजयी भए । उनका प्रतिद्वन्द्वी तयारी पोसाक व्यवसायी उदयराज पाण्डे थिए । श्रेष्ठले ५९ र पाण्डेले २८ मत प्राप्त गरेका थिए ।
जिल्ला/नगरतर्फको उपाध्यक्षमा प्रतिद्वन्द्वी डीबी बस्नेतलाई पछि पार्दै किशोरकूमार प्रधान निर्वाचित भए । बस्नेतले ८९ मत प्राप्त गरेका थिए भने प्रधानले ९३ मत प्राप्त गरी विजयी भए । उपाध्यक्षद्वय श्रेष्ठ र प्रधान दूवै पाण्डे प्यानलका उम्मेदवार हुन् । उपाध्यक्षमा राजकणिर्कार पक्षका गोल्छामात्रै विजयी भए ।
EKANTIPUR
प्रकाशित मिति: २०७० चैत्र ३०