सन्धिखर्कमा आयोजना गरिएको राष्टव्यापी भलिबल खेलमा आर्मी क्लव विजयी

वीरेन्द्र केसी



सन्धिखर्क, अर्घाखाँची चैत्र ३० । अर्घाखाँची युवा परिषदले सन्धिखर्क स्थित टुडिखेलमा आयोजना गरेको राष्टव्यापी खुला भलिवल प्रतियोगितामा नेपाल आर्मी क्लव काठमाडौ बए समुहले जितेको छ । तीन दिनसम्म भएको खेलमा अलिवल संघ स्याङजा दोस्रो र चन्दननाथ गण म्याल पोखरी ब्यारेकको समुह तेस्रो भएका छन । 

 



 

जिल्लामा पहिलो पटक भएको राष्टिय स्तरको खेलमा पहिलो भएको क्लवले नगद एक लाख  रुपैया नगद, मेडल र प्रमाणपत्र पाएको छ । दोस्रो भएको संघले नगद पचास हजार  रुपैया  र तेस्रो भएको गणको समुहले नगद पच्चीस हजार  रुपैया पाएको छ ।

 


 

विजेता खेलाडी टिमलाई प्रमुख जिल्ला अधिकारी सागरमणी पाठक, चन्दननाथ गणका गणपति रामकाजी राना मगर, प्रहरी नायव उपरिक्षक दिपेन्द्र जिसी, जिल्ला शिक्षा अधिकारी मित्रमणी खनालले सामुहिक रुपमा पुरस्कारको चेक र प्रमाणपत्र प्रदान गरेको थिए ।

 


 

तीन दिनसम्म भएको खेलमा १२ जना खेलाडी समुहले भाग लिएका थिए । खेलकुदबाट जिल्लालाई राष्टिय स्तरमै चिनाउनुका साथै आन्तरिक पर्यटक भित्राउने उद्देश्यले खेलको आयोजना गरिएको परिषदले जनाएको छ । 

 



 

खेलको लागि परिषदका सदस्य नरेश रायमाझीले एक लाख एघार हजार एक सय एघार  रुपैया लगायत व्यापरीले पनि आर्थिक सहयोग गरेका थिए । खेल सफल बनाउन आन्तरिक व्यवस्थापनमा चन्ननाथ गणको सेनाले सबै काम गरेको थियो । 

 








अन्य समाचारहरु