काठमाडौं, चैत्र ३० । उच्चस्तरीय राजनीतिक समिति गठन गर्ने सम्बन्धमा दलहरुबीच विवाद देखिएको छ । प्रधानमन्त्री निवास वालुवाटारमा आज बसेको नेपाली कांग्रेस, नेकपा एमाले र एकीकृत माओवादीको वैठकमा कांग्रेस र एमालेले उच्चस्तरीय राजनीतिक समिति गठन गर्न नपर्ने अडान राखेका हुन् ।
एमाओवादीले भने उच्चस्तरीय राजनीतिक समिति र संविधानसभाभित्रको राजनीतिक संवाद समिति गठन गरी दुबैको नेतृत्व आफैंले पाउनुपर्ने अडान राखेको थियो ।
संवाद समितिको सभापतिको नाम तय गर्न नसकेपछि दलहरुले वैशाख ५ गतेसम्ममा चुन्ने सहमति गरेका नेताहरुले बताएका छन् ।
समितिको सभापति बन्न कांग्रेस