अफगानिस्तानमा सार्वजनिक सेवा मन्त्रालयका उपमन्त्री अहमद शाह वाहिद राजधानी काबुलबाटै अपहरण

वैशाख २ । अफगानिस्तानमा सार्वजनिक सेवा मन्त्रालयका उपमन्त्री अहमद शाह वाहिद राजधानी काबुलबाटै अपहरणमा परेका छन् । कार्यालयतर्फ गइरहँदा चार जना बन्दुधकारीले वाहिद चढेको कारमा गोली वर्षाउँदै उनलाई अपहरण गरेको अफगान आन्तरिक मन्त्रालयले पुष्टि गरेको छ ।


घटनामा घाइते भएका वाहिदका चालकको उपचार भैरहेको छ । उपमन्त्री वाहिदको अपहरणलाई तालिवानसँग नजोडी आपराधिक मामिलाको घटनाका रुपमा हेरिने अफगान अधिकारीहरुले जनाएका छन् ।


अफगानिस्तानमा पछिल्लो समय अपहरणमा पर्ने वाहिद सबैभन्दा उच्च ओहोदाका सरकारी अधिकारी हुन् । (एजेन्सी)