काठमाडौं , वैशाख २ – एमाओवादी नेता टोपबहादुर रायमाझीले कृष्णप्रसाद अधिकारी हत्याकाण्डको आरोपमा आफ्ना कार्यकर्ताहरुमाथि लगाइएको मुद्दा तत्काल फिर्ता लिएर उनीहरुलाई रिहा नगरे विमान अपहरण काण्डमा प्रधानमन्त्रीविरुद्ध पनि अन्तर्राष्ट्रिय अदालतमा मुद्दा दायर गर्ने चेतावनी दिएका छन् ।