काठमाडौ, वैशाख ३ – एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल संसदीय दलको नेतामा चयन भएका छन् । यसैगरी प्रमुख सचेतकमा गिरिराजमाणि पौडेललाई चुनिएको छ ।
बुधबार बिहान सिंहदरबारस्थित एमाओवादीको संसदीय दलको कार्यालयमा बसेको बैठकले उक्त निर्णय गरेको हो ।
पार्टीको निर्णय बमोजिम दाहललाई संसदीय दलको नेतामा चयन गरिएको छ । यसअधि नै पार्टीले निणर्य गरिसकेको र आजको बैठकले औपचारिकता दिइएको बताइएको छ ।
पार्टीले दलको सचेतक र उपसचेतकको नाम भने चयन गरेको छैन ।
यसैगरी बैठकमा सत्य निरुपण तथा मेलमिलाप आयोग तत्काल गठन गरी द्वन्द्वकालिन मुद्दाहरुलाई टुंगो लगाउनु पर्ने छलफल भएको थियो ।
EKANTIPUR
प्रकाशित मिति: २०७१ वैशाख ३