चितवन, वैशाख ३ । गोरखा फुजेलका कृष्णप्रसाद अधिकारीको हत्या आरोपमा पक्राउ परेका दुई जनाको जिल्ला अदालत चितवनमा बयान लिने क्रम सकिएको छ । पक्राउ परेका मध्ये ७२ वर्षीय छविलाल पौडेलको हिजो र अर्का आरोपी भीमसेन पौडेलको आज बयान लिइएको हो ।
बयान सकिएपछि थुनछेक बहस सुरु भएको छ । प्रतिवादीको तर्पmबाट अधिवक्ताहरु मुक्ति प्रधान, रमण श्रेष्ठ लगायतले बहस गरेका छन् । अधिकारी हत्या अभियोगमा सरकारी वकिलको कार्यालयले १३ जना विरुद्ध सर्वस्वसहित जन्मकैदको माग गर्दै मुद्दा दर्ता गरेको छ ।
यसअघि चितवनमा एमाओवादी र माओवादी कार्यकर्ताले आज संयुक्त रुपमा जिल्ला प्रशासन कार्यालय अगाडि धर्ना दिएका थिए । धर्नामा सहभागीहरुले पक्राउ गरेकाहरुलाई तत्काल रिहा गर्न माग गरेका थिए । IMAGEKHABAR