चितवनमा द्धन्द्धकालीन मुद्दा ब्युँताएर षडयन्त्र थालिएको भन्दै संयुक्त रुपमा माओवादीको विरोध प्रदर्शन

चितवन, वैशाख ४ । चितवनमा आज पनि एकीकृत माओवादी र नेकपा-माओवादीका कार्यकर्ताले द्धन्द्धकालीन मुद्दा ब्युँताएर आफूहरुविरुद्ध षडयन्त्र थालिएको भन्दै संयुक्त रुपमा विरोध प्रदर्शन गरेका छन् ।


जिल्ला अदालत बाहिर प्रदर्शनमा उत्रिएका माओवादी कार्यकर्ताले सरकारको विरोधमा नारा लगाएका थिए ।


आज पनि गोरखा फुजेलका कृष्णप्रसाद अधिकारीको हत्या आरोपमा पक्राउ गरिएकाहरुविरुद्ध चितवन जिल्ला अदालतमा थुनछेक बहस भइरहेको छ । अधिकारीको हत्या आरोपमा सरकारी वकिलको कार्यालयले १३ जना विरुद्ध सर्वस्वसहित जन्मकैदको माग गर्दै मुद्दा दर्ता गरेको छ । IMAGEKHABAR