असुरक्षाको कारण देखाउँदै गोरखामा सार्वजनिक यातायातका साधन ठप्प

गोरखा, वैशाख ५ । यातायात व्यवसायी समिति गोरखाले असुरक्षाको कारण देखाउँदै आज गोरखामा सार्वजनिक यातायातका साधन ठप्प बनाएको छ । गोरखाबाट चल्ने बा१ज ९५९८ नम्बरको माइक्रोबसको ठक्करबाट गत वैशाख १ गते रसुवा घर भइ गोरखाको बंगलामुखी पेट्रोलपम्पमा काम गर्दै आएका सुर्दशन अधिकारीको मृत्यु भएको घटनालाई लिएर आज गोरखाबाट छुट्ने भाडाका सवारी साधन बन्द भएका हुन् ।
/>
मृतकका आफन्तले १० लाख रुपैयाँ क्षतिपूर्ति माग राखेपनि ठक्कर दिने माइक्रोबसले पाँच लाख रुपैयाँ मात्र दिने बताएपछि कुरा नमिलेको हो ।


नियममा पाँच लाख दिने तोकिए पनि अनावश्यक दबाबमा १० लाख क्षतिपूर्ति मागिएको र पीडित परिवारले तोडफोड र अवरोध गर्न थालेपछि सवारी साधन बन्द गर्नुको विकल्प नरहेको यातायात व्यवसायी समिति गोरखाले जनाएको छ ।


गोरखा सदरमुकाबाट बाहिर जाने र गोरखा आउने छोटो तथा लामो दुरीका भाडाका सवारी नचल्दा सर्वसाधारणलाई सास्ती भएको छ । गोरखाबाट चल्ने माइक्रोबसहरु भने हिजोदेखि नै बन्द छन् । IMAGEKHABAR