विजय दमासे
२०७१ बैशाख ०५ शुक्रवार बुटवल । बुटवलमा अवैध म्यानपावर खुल्ने क्रमले विगत केही समयदेखी तिव्रता पाएको छ । ऐन तथा नियम बिपरित बुटवलमा म्यानपावर खुल्ने क्रमले केही समयदेखी तिव्रता पाएको हो ।
पछिल्लो क्रममा दर्जनौं म्यानपावरले बुटवलमा अवैध गतिविधि गरि रहेको छन् । स्थानिय प्रशासन र नियमनकारि निकाय मुकदर्शक बन्दा दिनप्रतिदिन उनिहरुले म्यानपावरको नाममा ब्रम्हलुट मच्चाईरहेका देखिन्छ । बुटवलमा संचालित म्यानपावरहरुलाई मापदण्ड छोएको छैन् । बुटवलमा संचालित म्यानपावरहरु अधिकांश बैदेशिक रोजगार ऐन २०६४ बमोजिम तोकिएको दायारा छैन्न । ऐनमा म्यानपावरको शाखा खोल्न नपाईने स्पष्ट कानुन भएतापनि बुटवलमा म्यानपावरको शाखा भन्दै दर्जनौं म्यानपावर दिनदाहँडै जनता ठगिरहेका छन् । ऐनमा ऐजेन्टको सम्पर्क कार्यलय रहने व्यवस्था भएतापनि बुटवलमा म्यानपावरका शाखाहरु छ्यापछयाप्तै देख्न सकिन्छ । ऐनमा ऐजेन्टले अन्य आफुबाहेक अन्य कर्मचारी राख्न नपाउने,रकम तथा राहदानी शंकलन गर्न नपाउने, सम्पर्क कार्यालय खोल्दा एउटा कोठा भन्दा बढी कोठा लिन नपाउने, ऐजेन्टले कार्यलय प्रमुख लेख्न नपाउने, व्यवस्था भएतापनि बुटवलमा संचालित दर्जनौं अवैध म्यानपावरले ठुलाठुला घरमा फ्लटै ओगटि स्टान्डर पाराले आफ्ना गैर क्रियाकलाप अगाडी बडाईरहेका छन् । ऐजेन्टले व्यक्ति र सम्वन्धित संस्थान विच समन्वयको भूमिका खेल्नुपर्ने भएतापनि यहाँ संचालित ऐजेन्टहरुले कर्मचारी राखि रकम तथा राहदानी शंकलन गर्ने काम गर्छन् । उनिहरुले बैदेशिक रोजगारमा जाने युवा युवतीलाई पटकपटक प्रलोभनमा पारी झुक्काउने गरेका छन् । राहदानी आफ्नो कब्जामा लिई भिसाका लागि लामो समयलगाईदिने र भनेबमोजिंगको काममा नपाठाईदिने उनिहरुले गर्ने गरेका छन् ।
यहाँका म्यानपावरहरुले सर्तहरु पूरा नगर्ने गर्दा बैदेशीक रोजगारमा जाने हजारैं यूवायुवती ठगिने गरेका छन् । बुटवलमा संचालित अवैध दर्जनौं म्यानपावरका कोठा बाहिर कार्यलय प्रमुख देख्न पाईन्छ । यसरी म्यानपावरको नाममा ब्रम्हलुटको खेती भैईरहँदा नियमनकारी निकाय मूकर्दशक छ । म्यान पावर व्यवसायीको नाममा दिनदहँडौं अवैध म्यान पावर खोली अवैध गतिविधि उनिहरुले गर्दा जनता ठगिने क्रम जारी छ । मिडियाहरुलाई त्यस्ता म्यानपावरले बार्षिक बिज्ञापनको समेत सम्झौता गरिदिर्ने गर्दा यहाँ मिडियाहरुले उनिहरुको गैर धन्दा संचारमाध्यमा ल्याउन आलटाल गर्ने गरेका छन् । यसले गर्दा बसौं देखी अवैध धन्दा गरिरहेका म्यानपावरहरुले दिनदाहाँर्डौ जनता ठग्ने कार्यले प्रसय पाएको आकलन गर्न सकिन्छ । नियमनकारि निकाय पनि चुप बस्नुलाई मिलेमत्तो हुन सक्ने आशंका गर्न सकिन्छ ।
रोजगारका लागि मोटो रकम खर्चेर बिदेश जानुपर्ने नेपालीको बाध्यता छ । यो बाध्यता आम यूवायुवतीमा रहि रहँदा यसरी बैदेशीक रोजगारमा पाठादिने नाममा अवैध धन्दा संचालन गरि जनता ठग्ने जोसुकैलाईनै कानुनको कडिमा ल्याउन स्थानिय प्रशासन र नियमनकारी निकाय समयमै चनाखो हुन जरुरी छ । नत्र यसले बिकाराल अवस्थाको सिर्जना गर्ने बिश्लेषण गर्न सकिन्छ । जहिले सम्म उनिहरुको अवैध धन्दा प्रति नियमनकारी निकाय चनाखो हुर्दैन हामी निरन्तर फल् अपमा छौं ।