वैशाख ७ । जापानले ताइवानको सामुन्द्रिक किनारातर्फ पर्ने एक टापुमा विशेष सैन्य राडार स्टेशन बनाउने काम थालेको छ । जापानको यस कदमले छिमेकी चीन भने रुष्ट हुनसक्ने बताइएको छ । जापानले यो राडार प्रणाली योनागुनी टापुमा स्थापित गर्न लागेको हो ।
यो विवादित सेनकाकू टापुभन्दा डेढ सय किलोमिटर मात्र टाढा रहेको छ । जापानी नियन्त्रणमा रहेको यो टापु आफ्नो दावी गर्दै चीनले अलग्गै तियाओयू नाम नै दिएको छ ।
यो राडार प्रणाली स्थापनासँगै जापानले चीनको भित्री भागसम्मको सूचना पाउनसक्ने बताइएको छ । जापानी नियन्त्रणमा रहेका सबै टापु सुरक्षित राख्न सैन्य पहुँच बढाउनु परेको जापानी रक्षा मन्त्री इत्सुनोरी ओनोडोराको भनाइ छ ।
– Agencies