– वीरेन्द्र केसी
सन्धिखर्क, अर्घाखाँची (२०७१ बैशाख ०८ सोमबार) । एमाओवादीका नेता एवं पुर्वमन्त्री टोपबहादुर रायमाझीले सरकारले स्थानिय निकायको निर्वाचन र द्धन्द्धकालीन मुद्धा उठाएर शान्ति र संविधान भाड्ने पडयन्त्रमा लागेको आरोप लगाए । उनले काग्रेस र एमालेको सरकारका क्रियाकलाप हेर्दा सविधान बनाउनतिर नलागेको पनि बताए ।
पहिला एक वर्ष भित्रमा संविधान लेख्ने कुरा छाडेर स्थानीय निकायको कुरा गर्नु संविधान नबनाउने र सत्ता लम्ब्याउने खेल शुरु भएको छ, एमाओवादीको तेस्रो जिल्ला अधिवेशन उदघाटनमा उनले भने, सरकारमा रहेका काग्रेस एमालेका नेताहरु संविधान निर्मँणतिर ध्यान दिएका छैनन् । स्थायी शान्ति र संविधानका लागि एमाओवादी प्रतिपक्षमा बसेर खबरदारी गर्ने बताए । उनले यसका लागि सडक र सदनबाट दवाद दिईने पनि बताए । द्धन्द्धकालीन मुद्धा उठाएर शान्ति प्रक्रिया भाडने षडयन्त्र भैरहेको छ, उनले भने, डलरको खेती गर्नेहरुले शान्ति र संविधानलाई भडकाउने काम गरिरहेका छन ।
उनले एक वर्ष भित्रमा संविधान जारी गर्न नसके काग्रेस एमालेलाई सरकारमा बस्ने नैतिक अधिकार नभएको दावी गरे । द्धन्द्धकालीन मुठा उठाएर सरकारले बृहत शान्ति सम्झौताको विपक्षमा उभिन खोजेको र देशलाई शान्तितर्फ होईन पुनः द्धन्द्धतर्फ धकेल्ने खाजेको आरोप लगाए । उनले शान्ति र संविधानको लागि आफुहरु लडने र काग्रेस एमालेले षडयन्त्रपुर्वक एमाअोवादीलाई पाखा लगाउने खोज्ने प्रयास भैरहेको बताए ।
उनले द्धन्द्धकालीन मुद्धाले देशमा फेरी द्धन्द्ध निम्तिए त्यसको जिम्मेवार काग्रेस एमालेले लिनुपर्ने बृहत शान्ति सम्झौताको ठाडो उल्लङन र अन्तरिम संविधानलाई चुनौती दिने खेल खेलिरहेको आरोप लगाए । अर्का नेता लोकेन्द्र विष्टमगरले सत्य निरुपण तथा मेलमिलाप आयोग बनाएर द्धन्द्धकालीन मुद्धा हल गरिनुपर्ने बताउदै एमाअोवादीलाई दवाउन खोजे प्रतिकार गरिने दावी गरे । अर्का नेता डिलाराम आचार्यले एमाअोवादीले आफनो नीति र घोषणापत्र जनतास