अर्घाखाँचीको सदरमुकाम सन्धिखर्क नै दुर्गन्धित

– वीरेन्द्र केसी



सन्धिखर्क, अर्घाखाँची (२०७१ बैशाख ०८ सोमबार)। सदरमुकाम सन्धिखर्क नै फोहोरले दुर्गन्धित बन्दै गएको छ । घर, गल्ली, सडक, नाली र बजारभित्रको फोहोर जताजतै छ । घर वरपर देखी नाली र खुला सडकमा समेत घरबाट फयाकिएका खाद्य पदार्थ, प्लाष्टिक, तरकारीका बोक्रा, जनावरका हाड, कुहिएका वस्तु सार्वजनिक सडकमा र घर वरिपरी जथाभावी फाल्ने गरेको अनुगमन गर्दा भेटिएको छ । 

 



 

फोहोरले सदरमुकाम दुर्गन्धित बन्दै गएको छ । घरमा बस्नेले जथाभावी फोहोर पालिदिने गरेका विभिन्न वस्तुहरु कुहिएपछि वातावरण नै दुषित बनेको छ । बजार र घर सरसफाईमा स्थानीयले ध्यान नदिदा दुर्गन्धित शहर बनेको हो । गाउँ भन्दा बजार फोहोर र दुर्गन्धित छ । सामुदायिक प्रहरी सेवा केन्द्रको संयोजनमा गरिएको बजार र घर अनुगमन गर्दा  फोहोर, घर, गल्ली, नाली , सडकमा घरमा बस्नेले फोहोर जताततै फाल्ने गरेको पाईएको हो । 

 



 

प्रमुख जिल्ला अधिकारी सागरमणी पाठक, स्थानीय विकास अधिकारी हेमराज भुसाल, चन्दननाथ गणका गणपति रामकाजी रानामगर, डिएसपी दिपेन्द्र जिसी लगायत राजनीतिक दलका नेता, समाजसेवी सबैका घरमा पुगि सडक र गल्लीमा जथाभावी फयाकिएको फोहोर नफाल्न र घर टोल सफा राख्न आग्रह गर्दैै बजार सरसफाई गरे । बजारमा बस्ने समेत नागरिकले नै आफनो वस्तीमा फोहोर गरिएको भेटिनु राम्रो सन्देश होईन

अन्य समाचारहरु