एमाओवादीका टोप बहादुर रायमाझीद्धारा डलरको खेती गर्नेहरुले युद्धकालका मुद्दा उठाएर शान्ती प्रक्रिया भाड्ने षडयन्त्र गरेको आरोप

शोभाखर पन्थी

 

बैशाख-८, सन्धिखर्क, अर्घाखाँची । एनेकपा माओवादीका नेता टोप बहादुर रायमाझीले डलरको खेती गर्नेहरुले युद्धकालका मुद्दा उठाएर शान्ती प्रक्रिया भाड्ने षडयन्त्र गरेको आरोप लगाउनु भएको छ ।

 



एनेकपा माओवादी अर्घाखाँचीको तेस्रो जिल्ला सम्मेलनमा मन्तब्य राख्दै उहाँले विस्तृत शान्ती सम्झौता र अन्तरिम संविधानको विपरित केहि व्यक्ति विशेषले युद्धकालका एक एक घटनालाई उचालेर आफ्नो पार्टीका नेता तथा कार्यकर्तालाई फसाउने षडयन्त्र गरेको प्रति आपत्ति प्रकट गर्दै सत्य निरुपण तथा मेलमिलाप आयोग बनाई युद्ध कालका सबै मुद्दा किनारा लगाउनु पर्ने बताउनु भयो ।


एकिकृत नेकपा माओवादीलाई घेराबन्दी गरी अग्रगामी संविधान निर्माण हुन नदिने षडयन्त्र भई रहेको बताउँदै ,रायमाझिले जनसंविधान निर्माणका लागि सडक र सदनबाट संघर्ष गर्ने चेतावनि दिनुभयो ।


कांग्रेस एमालेका नेताहरुले संविधान निर्माणको कामलाई वेवास्ता गरि स्थानीय निकायको चुनावको नौटंकी मच्याएको प्रतिआपत्ती प्रकट गर्दै उहाँले संघीयता विरोधीहरुले मात्र तत्काल स्थानीय निकायको निर्वाचनको कुरा गरेको आरोप लगाउनु भयो ।


कार्यक्रममा मन्तव्य राख्दै एमाओवादीका नेता लोकेन्द्र विष्ट मगर र डिलाराम आचार्यले देश र जनताको लागि आवश्यक परे फेरी पनि क्रान्तिका निम्ति पार्टी तयार रहेको बताउँदै ,एमाओवादीको सदासयतालाई कमजोरी नठान्न नेपाली कांग्रेस र एमालेका नेताहरुलाई चेतावनी दिनुभयो ।


एकिकृत नेकपा माओवादीका जिल्ला संयोजक चन्द्र बहादुर खड्का उज्ज्वलको अध्यक्षता र ठाकुर कुमार बिक किशोर को सञ्चालनमा सम्पन्न कार्यक्रममा एमाओवादीका केन्द्रीय सल्लाहाकार राजु नेपाली, पुर्व जिल्ला संयोजक गोविन्द के.सी., पत्रकार महासंघका जिल्ला अध्यक्ष शोभाखर पन्थी लगायतले मन्तव्य राख्नु भएको थियो ।

अन्य समाचारहरु