एकिकृत माओबादीका टोपबहादुर रायमाझीद्धारा शुसिल कोइराला नेतृत्वको सरकार अहिले सम्मकै निरिह सरकार भएको आरोप

प्रेमनारायण आचार्य

 

सन्धिखर्क, अर्घाखाँची ९ बैसाख ।    एकिकृत नेकपा माओबादीका नेता टोपबहादुर रायमाझीले बर्तमान शुसिल कोइराला नेतृत्वको सरकार अहिले सम्मकै निरिह सरकार भएको आरोप लगाउनु भएको छ ।


उहाले राष्ट्रपतिबाट पनि समर्थन र बिपक्षी दलबाट चर्को बिरोध नहुदा पनि सरकारले कुनै पनि बिषयमा ठोस निर्णय गर्न नसक्नुलेनै निरिह सरकार भएको प्रमाणित हुने बताउनु भयो ।


आफुहरुलाइ बिपक्षी दल र राष्टपतिले पनि बिरोध गर्ने गरेको बताउदै बर्तमान सरकारलाइ कसैले चर्को बिरोध नगरेको अबस्थामा पनि सय दिन नकाट्दै प्रधानमन्त्री स्वयंलेनै  खासै काम गर्न नसकिएको भन्नु लजास्पद भएको बताउनु भयो ।
नेपाल पत्रकार महासंघ अर्घाखाँची शाखाले सन्धिखर्कमा आज गरेको पत्रकार सम्मेलनमा नेता रायमाझिले स्थानीय निकायको निर्बाचन र संबिधान निर्माण दुबै काम एक बर्षमा हुन नसक्ने बताउनु भएको छ ।

   उहाले सहमति सहकार्य बाटै देसमा निकास दिन सकिने भएकाले स्थानीय निकायको निर्बाचनलाइ भन्दा पनि संबिधान निर्माणलाइ पहिलो प्राथमिकता दिनुपर्ने बताउनु भयो । नेपालको शान्ती प्रकृया बिथोल्नका लागि बिदेशीहरुले डलरको खेती गरेको हुदा सबै नेपाली जनता सजग हुनु पर्नेमा जोड दिनु भयो ।


पत्रकार सम्मेलन  पत्रकार महासंघका जिल्ला अध्यक्ष सोभाखर पन्थीको अध्यक्षता र सचिब प्रेमनारायण आचार्यको सञ्चालनमा सम्पन्न भएको हो ।

अन्य समाचारहरु