वैशाख ९ । पाकिस्तानको सर्वोच्च अदालतले पूर्व राष्ट्रपति परवेज मुसरर्फलाई देश छाड्न रोक लगाएको छ । संयुक्त अरव इमिेरेट्स युएइमा रहेका आफना आमालाई भेट्न जाने तयारीमा रहेका मुसरफलाई देश छोड्न रोक लगाइएको हो ।
देशद्रोहको आरोप लागेका मुसर्रफलाई आफूमाथिको आरोपको सामना गर्न पाकिस्तानमै रहुनपर्ने भन्दै सर्वोच्च अदालतले देश छोड्न नपाउने आदेश जारी गरेको हो । मुसर्रफमाथि सन् २००७ मा बरिष्ठ न्यायाधिशहरुलाई बर्खास्त गरेको, आफनो कार्यकालमा संकटकाल लागू गरेको जस्ता आरोपमा मुद्दा चलाउनु पर्ने माग पनि न्यायाधिशहरुको छ ।
साथै सन २००७ मा पाकिस्तानका प्रधानमन्त्री बेनेजीर भुट्टोको हत्याका बेला सुरक्षा ब्यबस्था अपनाउन असफल भएको आरोप पनि लगाइएको छ । मुशरर्फले भने आफूमाथिको आरोप आधारहीन भन्दै आफूमाथिको कुनैपनि मुद्दाको डटेर सामना गर्ने बताउँदै आएका छन् । सन् २००८ मा सत्ताच्युत भएका मुशरर्फ बिदेशमा बस्दै आएका मुुसरफ पाकिस्तामा भएको राष्ट्रपतिय चुनावमा उम्मेदवारी दर्ता गर्न स्वदेश फर्केका थिए । Agencies