बुटवलको सुकुमबासीबस्तीमा हुकुमबासीको दादागिरि, बस्तीमै आक्रमण हुन थालेपछि स्थानिय त्रासमा

विजय दमासे
बुटवल बैशाख १० । सुकुम्बासी बस्तीमा बसेर हुकुम चालाउने र जग्गाको दलाली गर्न पल्केकाहरुले यतीबेला बुटवलको सुकुमबासि बस्तीमा अराजकता मच्चाउन थालेका छन् । 
राजनीतिको आडमा सुकुमबासी बस्तीमा रहेका नागरिकहरुलाई उनिहरुले विभिन्न तवरबाट त्रास दिन थालेका छन् । जग्गाको किनमेलबाट लाखौं मुनाफा आउने भएपछि उनीहरुले स्थानियहरुका जग्गा नै रातारात बेच्ने गरेको रहस्य खुलेको छ । बुटवल १३ नहरपुर अन्तर्गतको नवसिर्जना नगरका आधा दर्जन स्थानियहरु सुकुम्बासी बस्तिमा बसेर हुकम चलाउनेहरुबाट पिडित बनेको स्थानियले पत्रकार सम्मेलन गरी बताए । हुकुमबासीहरुले जग्गाका लागि नै बिबाह समेत गरिदिने र पछि जग्गा आफैले कब्जा गरी, बेच्ने र करोडौं पैसा कमाउने गरेका छन् । नवसिर्जना नगरकी गोमा श्रेष्ठले स्थानिय नकुल शाहीले पटकपटक आङ्खनो २ वटा जग्गा हडप्ने प्रयास गरेको आरोप लगाउँदै जग्गाको कम्पाण्ड वाल भत्काएर आफूलाई घरमा बस्नै नसक्ने बनाएको बताईन् ।
 उनले गत चैत्र २० गते शाहीले आफ्नो घरमा अरु मान्छे ल्याएर दुब्यबहार गरेको र जे पनि गर्छु भनेको पिडित गोमा श्रेष्ठले पत्रकार सम्मेलन गरी बताएकी छन् । उनले आफैले ऋण धन गरेर २०६१ सालमा १ लाख ६० हजारमा २ वटा घडेरी किनेको बताईन । श्रेष्ठले आफूलाई सुर