कश्मिरमा अज्ञात आतंकवादी समूहको आक्रमणमा तीन जना राजनीति कार्यकर्ताको हत्यापछी तनाव

वैशाख १० । भारत प्रशासित कश्मिरमा अज्ञात आतंकवादी समूहको आक्रमणमा तीन जना राजनीति कार्यकर्ताको हत्यापछी तनाव बढेको छ । कश्मिरको पुलवामा जिल्लामा चुनावी प्रचारका क्रममा उनीहरुमाथि अज्ञात समूहले गोली हानी हत्या गरेका थिए ।
हत्या गरिएकामा भारतीय राष्ट्रिय काँगे्रसका कार्यकर्ता र स्थानीय पञ्चायत प्रमुखका छोरा छन् । अर्का एक जना भने भाग्न सफल भएका थिए ।
उक्त जिल्लामा एक सातामा दश जना मारिइसकेका छन् । त्यहाँ अप्रिल २४ मा चुनाव हुँदैछ । त्यसका साथै ३० अप्रील र ७ मे मा पनि कश्मीरमा मतदान हुँदैछ । सम्भावित हिंसा रोक्न निकै सुरक्षाकर्मी तैनाथ गरिएको छ । AGENCIES