काठमाडौं, वैशाख १० । मानवअधिकारवादी संस्था एम्नेष्टी इन्टरनेसनलले खाडी मुलुक कतारमा रहेका विदेशी श्रमिकहरुमाथि हिंसाका त्रासदीपूर्ण घटनाहरु भइरहेको प्रतिवेदन सार्वजनिक गरेको छ । एम्नेष्टीले दुई वर्ष लामो अध्ययनपछि सार्वजनिक गरेको प्रतिवदेनमा कतारमा विदेशी श्रमिकको शोषण र उनीहरुमाथि हिंसा हुने गरेको उल्लेख छ ।
आज राजधानीमा पत्रकार सम्मेलनगरि सार्वजनिक गरिएको प्रतिवेदनमा कतारमा कामका लागि गएकाहरु मध्ये विशेषगरि महिलाहरुले निकै कठिन अवस्थामा काम गर्नु परेको र उनीहरुमा निराशा बढ्दै गएको जनाइएको छ ।