अनुसन्धानका प्रहरी सहायक निरीक्षक माथि निर्घात कुटपिट

रेडियो सुदुर संचार -कंचनपुर बेलौरी, सुदूरपश्चिम क्षेत्रीय प्रहरीको विशेष र अनुसन्धान विभागको टोलीले बेलौरीमा अबैध समान बारामद गरे पछी उत्पन्न विवादमा राष्ट्रिय अनुसन्धान विभाग कञ्चनपुरका सहायक निरीक्षक पदम सिंह धामी कुटिएका छन् । 
कुटपिटबाट आँखा, कम्मर र टाउकोमा गम्भिर चोट लागे पछी तत्काल महाकाली अञ्चल अस्पतालमा लागिएका धामीलाई त्यहा उपचार सम्भब नभए पछि थप उपचारका लागि भारत रिफर गरिएको छ । 
ईलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी निरीक्षक जय बहादुर बिष्टलाई घटनाको बारे सोध पुछ गर्दा बिष्ट भन्नुहुन्छ “खै कस्ले निर्घात कुट्पीट गर्‍यो मलाई थाहाछैन मृत्‍यु सैयामा छट-पटाई रहेका धामीलाई नै थाहा होला ” घटना मंगलबार साझ सात-आठ बजेतिर बेलौरीको पानी टेन्की नजीकै भएको थियो । 
अनुसन्धान विभाग कञ्चनपुरका सहायक निरीक्षक धामीलाई निर्घात कुटपिट गरे पछी अब त मर्यो होला भन्दै छोडेर नारा बाजी गर्दै ति अज्ञात समुह नम्बर नदेखिने मोटर साइकलमा फरार भएका वर-परका प्रत्यक्ष दर्सीहरुले बताएका छन । 
बेलौरीको लागि यो कुनै नौलो घटना होइन, तर पनि स्थानिय प्रहरी प्रशासन सुस्त देखिन्छ किन भनेर प्रहरी निरीक्षक बिष्टलाई प्रश्नगर्दा उल्टै भन्नु हुन्छ ” राम्रा पनि यीनै छन, नराम्रा पनि यीनै छन कसरी कानुनको कटघेरामा ल्याउने होला मलाई त गाह्रो छ ” प्रहरी सहायक निरीक्षक धामी माथि भएको यो निर्धात कुटाईले यो बुझ्न सकिन्छ कि ईलाका प्रहरी कार्यालय बेलौरीको सुरक्षा ब्यवस्था ” कुम्भकरण ” जस्तै भएको छ । 
यहाँका सर्ब-साधारण जनताले कुनै सुरक्षाको प्रत्याभुती पाउन सकेका छैनन । सुदूरपश्चिम क्षेत्रीय प्रहरीको विशेष र अनुसन्धान विभागको टोलीले अबैध समान बारामद गरे पछी बिबाद उत्त्पन्न भएको थियो ।