चितवन, वैशाख ११ । प्रमुख निर्वाचन आयुक्त निलकण्ठ उप्रेतीले अबको निर्वाचनमा एक व्यक्ति एक ठाउँबाट मात्र उठ्न पाउने व्यवस्था लागू गर्नु राम्रो हुने बताएका छन् । चितवनको भरतपुरमा पत्रकारहरुसँग कुरा गर्दै उप्रेतीले एकै व्यक्ति दुई क्षेत्रमा उम्मेदवार हुनु उपयुक्त नभएको बताए ।
एकै व्यक्ति दुई क्षेत्रमा उम्मेदवार हुँदा संसदले समयमा पूर्णता नपाउने र खर्चिलो हुने उनको भनाइ छ ।
यसअघि संविधानसभाको निर्वाचन पूर्व एकै व्यक्ति दुई निर्वाचन क्षेत्रबाट उम्मेदवार हुन नहुने राय आयोगले सरकारलाई दिए पनि कार्यान्यन नभएको उनको भनाइ थियो । IMAGEKHABAR