संविधानसभा अन्तर्गतका पाँचवटै समितिका सभापतिहरु निर्विरोध रुपमा चयन

काठमाडौं, वैशाख १२ । संविधानसभा अन्तर्गतका पाँचवटै समितिका सभापतिहरु निर्विरोध रुपमा चयन भएका छन् । जस अनुसार राजनीतिक संवाद समितिमा एकीकृत माओवादीका नेता डा. बाबुराम भट्टराई, संविधान मस्यौदा समितिमा कांग्रेसका कृष्ण सिटौला, अभिलेख अध्ययन तथा निक्र्यौल समितिमा एमालेका विष्णु पौडेल निर्वाचिन भएका हुन् ।
त्यस्तै, क्षमता अभिबृद्धि समितिमा फोरम नेपालकी लक्ष्मी चौधरी र नागरिक सम्बन्ध समितिमा नेकपा संयुक्तकी प्रमिला राणा निर्विरोध निर्वाचित भएका हुन् ।
राजनीतिक संवाद समितिमा खम्बुवा मोर्चाका रामकुमार राईले पनि उम्मेदवारी हालेपछि निर्वाचन प्रक्रियामा जानुपर्ने अवस्थामा आएकोमा राईले अन्तिम अवस्थामा उम्मेदवारी फिर्ता लिएका थिए ।
अब यी समितिहरुमा विभिन्न दलका सभासदहरुलाई मनोनयन गरी पूर्णता दिइने छ । IMAGEKHABAR