किमडाँडाका जनताहहरुलाई पूर्जा वितरण गर्न भूमिसुधार मन्त्री सन्धिखर्कमा, समयमै नयाँ संविधान जारी गर्न सरकार प्रतिबद्ध दावी

प्रेमनारायण आचार्य

 

सन्धिखर्क, अर्घाखाँची १३ बैसाख । भूमिसुधार तथा व्यवस्थापन  मन्त्री दल बहादुर रानाले समयमै नयाँ संविधान जारी गर्नका लागि सरकार प्रतिवद्ध रहेको बताएका छन् ।

 


 

नेपाल पत्रकार महासंघ अर्घाखाँचीले सन्धिखर्कमा गरेको पत्रकार भेटघाट कार्यक्रममा मन्त्री रानाले विगतको संविधानसभाले गरेका कामहहरुको स्वामित्व ग्रहण गर्दै संविधानसभाका समितिहरुका सभापतिहरुको समेत चयन भइसकेको अवस्थामा संविधान बन्ने सुनिश्चितता भएको मन्त्री रानाको दावी रहेको थियो ।


  मालापोत र नापी कार्यलयको कामलाइ ब्यबस्थीत गराउन थप कार्यलय सञ्चालन गर्ने र छिटो छरितो जनतालाइ सेबा प्रबाह गर्ने काममा भुमि सुधार मन्त्रालय लागि परेको मन्त्री रानाको भनाइ छ । उहाले अर्घाखाँचीका अन्य गाविसमा कागजात अद्याबदीक मात्र भए पनि सदर मुकाम सन्धिखर्कमा डिजीटल प्रबिधीबाट पुन नापी हुने बताउनु भयो ।


   मुक्त हलियाहरुलाई व्यवस्थापन आफु मन्त्री भएपछि भएको दावी गर्दै मन्त्री रानाले कार्याविधी तयार भएर पास भएको दावी गरेका थिए । तरपनि भूमिहिन र अव्वस्थित बसाईको अवस्था समस्या नै भएको मन्त्री रानाको दावी थियो ।

 

  अर्घाखाँची जिल्लाको किमडाँडाका जनताहहरुलाई पूर्जा वितरण गर्न मन्त्री राना अर्घाखाँची आएका हुन् । द्धन्द्धकालमा सदरमुकाम सन्धिखर्कमा आक्रमण हुदा नापी नक्साका सबै कागजात जलेपछि लालपुर्जा हेरेर कागजात अद्याबदीकको काम भै रहेको छ ।


  पत्रकार सम्मेलन महासंघका जिल्ला अध्यक्ष सोभाखर पन्थीको अध्यक्षता र सचिब प्रेमनारायण आचार्यको सञ्चालनमा सम्पन्न भएको हो ।

अन्य समाचारहरु