वैशाख १४ । रोममा आज दुईजना वरिष्ठ पादरीहरुलाई मरणोपरान्त सन्त घोषणा गरिएको छ। रोमको भेटिकन शहरमा आयोजना गरिएको यस ऐतिहासिक समारोहका लागि बिश्वका २० राष्ट्रका बिशेष प्रतिनिधिहरु सहभागी भएका छन् भने बिश्वभरबाट दश लाख इसाई धर्मावलम्बीहरु भेटिकन शहर पुगेका छन् ।
समारोहका लागि अघिल्लो दिनदेखि भेला भएका इसाई धर्मावलम्बीहरुले रातभर प्रार्थना गरिरहेका छन् । रोमको इतिहासमा अविस्मरणीय क्षणका रुपमा लिइएको यो समारोहमा वरिष्ठ पादरीहरु पोप जोन २३ औं र पोप जोन पल द्धितियलाई मरणोपरान्त सन्त घोषणा गरिएको हो ।
इटलीका पोप जोन २३ औं को सन् १९६३ मा निधन भएको थियो । उहाँलाई एक शान्तिदूतका रुपमा हेरिन्थ्यो भने दोश्रो बिश्वयुद्धका बेला यहुदी बिरुद्ध क्याथोलिकहरुको पूर्वाग्रह अन्तका लागि गरेको प्रयासलाई इसाई धर्मका लागि स