शोभाखर पन्थी
किमडाँडा, अर्घाखाँची वैशाख १४ । जग्गा जमिनको नक्सा नहुँदा आजित बनेका अर्घाखाँची जिल्लाको किमडाँडाका बासिन्दाहरुमा खुसीयाली छाएको छ ।
सरकारले जग्गा जमिनको लगत तयार गरी जग्गाधनी प्रमाण पत्र वितरण गरेपछी यहाँका बासिन्दा खुसीले रमाएका हुन् ।
सशस्त्र द्वन्द्वको समयमा तत्कालिन विद्रोही नेकपा माओवादी र सरकारको बीचमा सदरमुकाम सन्धिखर्कमा भिडन्त हुँदा जिल्लामा जग्गा जमिनको नापनक्सा सहितका सबै रेकर्डहरु जलेर नष्ट भएका थिए । आफ्नो जग्गा आफैले उपयोग गर्दै आएपनि किनबेच गर्न, बैंकबाट कर्जा लिन, धितो प्रमाणीत गर्ने लगायतका कामगर्न नपाएका उनिहरुले जग्गाधनि प्रमाणपत्र पाएपछि आफ्नो जग्गामा पुर्ण रुपमा स्वामित्व पाएको अनुभव गरे ।
आफ्नै गाउँमा आएर भुमिसुधार तथा व्यवस्था मन्त्री दल बहादुर रानाले लाल पुर्जा दिएपछि स्थानीय बासिन्दा खुसीले गद्गद् भएका थिए । नक्सा नहुँदा घर जग्गा नै आफ्नो होइनकी भन्ने भएको थियो , आज मन्त्रीकै हातबाट लालपुर्जा पाएँ अव मरेपनि सजिलैगरी प्रण जानेछ किमडाँडा ४का ७० वर्षिय दान बहादुर खत्रीले बताउनु भयो ।
किमडाँडा की शान्ता भुसालले पनि सरकारले नक्सा बनाएर लालपुर्जा दिएको दिन आफ्नो निम्ति सबै भन्दा खुसीको क्षण भएको बताउनु भयो । सरकारले लालपुर्जा दिन्छ जस्तो नै लागेको थिएन उल्टै मन्त्री पो आएर टिको लगाएर लालपुर्जा थमाउँदा आफु छक्क परेको उहाँको भनाइ छ ।
किमडाँडाको पकलेमा छुट्टै किसिमको रौनकता थियो । गाउँलाई ध्वजा पताका ,तुलब्यानर र गेट बनाएर बेहुली झै गरी सिंगारिएको थियो । झ्याइँ झ्याइँती पञ्चै बाजा बजाएर स्थानीय वासिन्दा छमछमी नाचेका थिए । सयौ स्थानीय वासिन्दाको मुहारमा खुसी थियो, भने स-साना बालबालिका देखि वृद्ध वृद्धासम्म सबै जना खुसीले रमाएका थिए ।
काठमाण्डौ बाट जग्गा धनी प्रमाणपत्र वितरणको लागि गाउँमा पुगेका भुमी सुधारमन्त्री दल बहादुर राना, नापी विभागका प्रमुख, पुर्व सांसद लगायत जिल्लाका प्रमुख जिल्ला अधिकारी सहितका कार्यालय प्रमुखहरु र राजनीतिक दलका जिल्ला प्रमुख लगायतका जिल्लाबाट गाउँमा पुगेका अतिथिहरुलाई स्थानीय बासिन्दाले फुलमाला र अविर लगाएर भव्य स्वागत गरेका थिए ।
जग्गा धनि प्रमाण पत्र जस्तै मुलुकको लागि समयमै संविधान दिनुपर्ने स्थानीय बासिन्दाको माग थियो । सरकारले पुर्जा जस्तै संविधान पनि दिए ढुक्क हुने थियौ । संविधान बन्न नसक्दा अविश्वास पैदा भएको छ । उनीहरुले मन्त्री सँग गुनासो पोखे ।
उनीहरुले गाउँको विकासको लागि प्रयाप्त बजेट विनीयोजन गर्न पनि मन्त्रीको ध्यानाकर्षण गराए । गाउँमा सडकको स्तर उन्नती, विद्यालय भवन निर्माण, खानेपानी लगायतका भौतिक पुर्वाधारको काममा सहयोग पु-याउन उनी हरुले मन्त्रीलाई आग्रह गरेका थिए । मुलुकमा पुनः युद्धको अवस्था आउन नदिन दलहरु सचेत हुनु पर्ने उनीहरुको माग छ ।
कार्यक्रममा मन्तव्य राख्दै मन्त्री रानाले १ वर्ष ,भित्रमा संविधान निर्माण हुनेमा ढुक्क रहन जनतालाई आश्वास्त पार्नुभयो । नेपालमा भुमिसुधार सम्बन्धी धेरै ऐन नियम बनाए पनि कार्यान्वयन नभएको भन्दै, मन्त्री रानाले मौजुदा भुमिसुधार सम्बन्धीऐन नियमलाई परिमार्जन गरी तत्काल भुमि सुधार लागु गर्ने दावी पनि गर्नु भयो ।
कसैले आवस्यकता भन्दा बढी जगगा जमिन ओगटेरबस्ने तथा कसैले आश्रयको निम्ति समेत जग्गा नपाउनु दुःखद कुरा भएको बताउँदै, सरकारले तोकेको हकबन्दी भन्दा बढी जगगा ओगटेको जग्गा नियन्त्रणमा लिने चेतावनि दिनुभयो । जग्गा बाँझो राख्न नपाईने भन्दै उहाँले उद्यम गर्न चाहानेहरुका लागि जग्गा उपलब्ध गराउन सरकार तयार रहेको बताए ।
कार्यक्रममा नापी विभागका निर्देशक नागेन्द्र झा ,पूर्व संसद यादव बहादुर रायमाझी ,प्रमुख अधिकारी सागर मणि पाठक ,नेपाली कग्रेसका जिल्ला सभापति कमल प्रसाद भुसाल ,नेकपा एमाले राष्ट्रिय प्रतिनिधि परिषदका सदस्य नरेन्द्र कुमार क्षत्री ,एकिकृत नेकपा माओवादीका जिल्ला अध्यक्ष चन्द्र बहादु खड्का उज्जवल ,नेकपा माओवादीका केन्द्रिय सदस्य भेषराज भुसाल ,राष्ट्रिय जनमोर्चाका केन्द्रिय सदस्य सागर के.सी. प्रत्रकार महासंघका जिल्ला अध्यक्ष शोभाखर पन्थी लगायतका बत्ताले मन्तव्य राख्दै किमडाँडा गाविसलाई नमुना गाविसको रुपमा स्थापीत गर्नको लागि विकासका पूर्वधार निर्माणको लागि जोड दिनु भयो ।
गाउँ विकास समितीका सचिव तारा प्रसाद पोख्रेलको अध्यक्षता र इश्वरी प्रसाद भुसालको संचालनमा सम्पन्न कार्यक्रममा किमडाँडा गाविसका पूर्व अध्यक्ष भरत मणि पौडेल, राजनितिक दलका स्थानीय नेताहरु हुम प्रसाद बन्जाडे, नारयण प्रसाद अर्याल , हरी प्रसाद भुसाल , लोक नाथ भुसाल , नारायण प्रसाद पौडेल लगायतले मन्तव्य राख्नुभएको थियो ।