उपप्रधान एवं गृहमन्त्री वामदेव गौतमद्धारा जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीको नवनिर्मित भवनको उदघाट्न, संविधानपछि राष्ट्रपतिको चुनाव हुने उल्लेख

वीरेन्द्र केसी



सन्धिखर्क, अर्घाखाँची (२०७१ बैशाख १५ सोमबार) । उपप्रधान एवं गृहमन्त्री वामदेव गौतमले संविधान निर्माणपछि राष्ट्रपति, उपसाष्ट्रपति र सभामुखको चुनाव हुने बताएका छन । 

 



 

उनले दोस्रो संविधानसभा चुनावमा लोकतान्त्रिक गणतन्त्र पक्षधर शक्तिको दुइ तिहाई बहुमत आएकाले एक वर्ष भित्रमा संविधान जारी भएरै छाडने दावी गरे । सरकार बन्नु भन्दा पहिले काग्रेस र एमालेबीच भएको सात बुंदे सहमती अनुसार सरकार अगाडी बढेको र सरकारको जिम्मेवार एक वर्षभित्रमा संविधान जारी गर्ने हो, अर्घाखाँचीको जिल्ला प्रहरी कार्यालयको  नवनिर्मित भवनको उदघाट्न गर्दै गौतमले भने, संविधान जारी भएरै छाड्छ, यसमा सबै ढुक्क हुनुहोस । 

 



 

संविधान जारी गर्नुअघि स्थानीय निकायको चुनाव हुने बताउदै गौतमले एमाओवादीले तत्कालको जनताको आवश्यक्ता नबुझेर विरोध गर्दा समस्या आएको तर पनि चुनाव गरिने दावी गरे । अब बन्ने  सत्य निरुपण तथा मेलमिलाप आयोग ऐनले मेलमिलाप गर्नकै लागि काम गर्नेछ, उनले भने, खासगरी मानव अधिकारको सम्बन्धमा  नेपाल अन्तराष्टिय सन्धिको प्रमुख हिस्सेदार भएकाले नेपालले गरेको प्रतिबद्धता अनुसार कतिपय मुद्धा क्षमदान गर्न सकिदैन्, बलत्कार लगायत गंभिर मानव अधिकार उल्लघंनका जघन्य अपराध गर्ने माथि प्रतिबद्धता अनुसारको कारवाही हुनेछ यसमा कसैले पनि कुनै किसिमको भ्रम नहोस ।

 


 

उनले जनताको शान्ति सुरक्षाको ग्यारेन्टी गरिने र अपराध गुण्डागिर्दी गर्नेमाथि नछाडिने र कानुन अनुसार कारवाही भएरै छाडने बताए । 


अन्य समाचारहरु