विराटनगर, वैशाख १५, २०७१ । आइतबार साँझ चलेको हावाहुरीका कारण इलाम सोयाक-२ मा रूख ढलेर घर भत्किँदा एक महिलाको मृत्यु भएको छ। खाना पकाउँदै गरेकी ५० वर्षीया धनकुमारी घिमिरेको घटनास्थलमै मृत्यु भएको क्षेत्रीय प्रहरी कार्यालय विराटनगरले जनाएको छ। घरमै बसिरहेका उनका श्रीमान ५५ वर्षीय श्याम घिमिरे पनि गम्भीर घाइते छन्। उनको जिल्ला अस्पताल इलाममा उपचार भइरहेको छ।
हावाहुरीबाट इलाम पञ्चकन्या-८ मेची राजमार्गमा रहेको ११ हजार केभिए प्रसारण लाइनको पोल ढलेर राजमार्ग अवरोध भएको राजमार्ग प्रहरी चौकी आइतबारेका प्रहरी टोली र विधुत प्राधिकरणका कर्मचारीहरुले हटाएर खुलाएका छन्।
त्यस्तै, हावाहुरीले टिनको जस्ता उडाउँदा सप्तरी कल्याणपुर-२ बस्ने ५५ वर्षीया रामकुमारी चौधरी र सुनसरी इनरुवा फुलबरीया