काठमाडौं-व्यवस्थापिका संसदको चालु अधिवेशन मंगलबार अन्त्य भएको छ। बिहान ११ बजे बोलाइएको व्यवस्थापिका संसद बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र सभामुख सुवासचन्द्र नेम्वाङले पढेर सुनाएपछि अधिवेशन अन्त्य भएको हो।
केही सातापछि बजेट अधिवेशन सुरु हुने भएकाले अहिले सदन स्थगित गर्न लागिएको संसदस्रोतले जानकारी दिएको छ।
प्रधानमन्त्री सुशील कोइरालाले सोमबार बेलुका राष्ट्रपति रामवरण यादवलाई भेटेर व्यवस्थापिका संसदको चालु अधिवेशन अन्त्य गर्न आग्रह गरेका थिए। अन्तरिम संविधानको भाग ६ को धारा ५१ मा राष्ट्रपतिले प्रधानमन्त्रीको सिफारिसमा व्यवस्थापिका