रुपन्देहीमा लुकाइएको १७ हजार लिटर डिजेलसहित १९ वटा ट्यांकर, त्यसका चालक र परिचालक गरी २१ जनालाई पक्राउ

भैरहवा, वैशाख १६ । रुपन्देहीमा विभिन्न व्यक्तिका घरमा लुकाइएको १७ हजार लिटर डिजेलसहित १९ वटा ट्यांकर, त्यसका चालक र परिचालक गरी २१ जनालाई आज प्रहरीले पक्राउ गरेको छ । राष्ट्रिय सर्तकता केन्द्रले दिएको सूचनाको आधारमा रुपन्देहीको पड्सरी र मधवलिया गाविसका घरहरुमा प्रहरीले छापा मार्दा भूमिगत ट्याकी बनाइराखिएको १७ हजार लिटर भन्दा बढी पेट्रोलियम पदार्थ फेला परेको हो ।
ट्यांकरबाट तेल निकालेर जमीनमुनि राखिएका ड्रमहरुमा खन्याइरहेको अवस्थामा रुपन्देही प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको हो । पडसरी १ स्थित विनोद उपे्रती र रामचन्द्र अधिकारीको घरमा राखिएका छुटाछुटै भूमिगत ट्यांकीबाट १३ हजार लिटर डिजल, १४ वटा ट्यांकरसहित ट्यांकर चालक, सहचालक र घरधनीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
त्यसैगरी, मधवलिया ३ स्थित विक्की क्षेत्रीको घरमा लुकाइएको ४ हजार लिटर भन्दा बढी डिजेल पनि प्रहरीले बरामद गरेको छ । सुनौली नाका हुँदै ल्याइएको तेल आयल निगमको डिपोमा नपुग्दै बीच बाटोमै गायब पार्न लागिएको सूचना पाएपछि रुपन्देही जिल्ला प्रहरीका एसपी विक्रमसिंह थापाको टोलीले छापा मारेको थियो ।
यो काण्डसँगै भारतको बैतालपुरबाट सुनौली नाका हुँदै ल्याइएको पेट्रोलियम पदार्थ रुपन्देहीको भलबारीस्थित निगमको पश्चिमाञ्चल डिपोमा खन्याउनुपर्नेमा त्यसो नगरी बीच बाटोबाटै गायब पार्ने गरिएको तथ्य खुलेको छ ।
यसमा क