काठमाडौं, वैशाख १७ । नेकपा एमाले संसदीय दलका नेता केपी शर्मा ओलीलाई उपचारका लागि एयर एम्बुलेन्सबाट थाइल्यान्डको बैंकक लगिएको छ । शिक्षण अस्पताल महाराजगञ्जमा उपचाररत ओलीलाई थप उपचारका लागि बैंकक लगिएको हो ।
थाईल्यान्डबाट तीन जना चिकित्सकसहित आएको एयर एम्बुलेन्स अपरान्ह साढे ४ बजे त्रिभुवन विमानस्थलबाट उडेको ओलीका स्वकीय सचिव रमेश आचार्यले बताए ।
ओलीसँगै शिक्षण अस्पतालकी चिकित्सक डा. दिव्या सिंह शाह र ओलीका निजी सहयोगी राजेश बज्राचार्य पनि गएका छन् । ओलीकी पत्नी राधिका शाक्य भने बिहीबार थाइ एयरवेजको उडानमार्फत बैंकक जाने भएकी छन् ।
ओलीकी पत्नी राधिका शाक्य थाइ एयरवेजको विमानबाट बैंकक जाने टुंगो भएको ओलीनिकट एमालेका एक नेताले जानकारी दिए । ओलीको उपचार बैंककस्थित बुमरुमगार्ड अस्पतालमा गरिने भएको छ ।
एयर एम्बुलेन्सलार्इ सरकारले करिब ४० लाख रुपैयाँ भाडा तिरिदिनेभएको छ । बैंककमा उपचार गर्दा लाग्ने सम्पूर्ण उपचार खर्च सरकारले ब्यहोर्ने जनाइएको छ । लगातार बान्ता भएर अस्वस्थ भएपछि ओलीलाई आइतबार राति शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना गरिएको थियो । शिक्षण अस्पतालमा स्वास्थ्य परीक्षण गर्दा ओलीलाई मेनेन्जाइटिस भएको पुष्टि भएपछि चिकित्सककै उपचारका लागि बैंकक लागिएको हो ।