अर्घाखाँची शोकमा ! तस्बिरमा अर्घाबाट सन्धिखर्क लगायत ।
सन्धिखर्क, अर्घाखाँची ( बिहीबार १८ बैशाख, २०७१) । अर्घाखाँची जिल्लाको नरपानी – ५ जगतमा १९ जनाको ज्यान जाने गरी भएको विभत्स बस – ट्रक दुर्घटनापछि अर्घाखाँचीबासी स्तब्ध र शोकमग्न भएका छन्।
सन्धिखर्क जिल्ला अस्पतालमा सनाखत भएका शब मृतकका आफन्तलाई बुझाइएको छ। भने एक जनाको सनाखत हुन बाँकी रहेको छ ।
यतिबेला विभत्स दुर्घटनापछि सिंगो जिल्ला शोकमा छ । अर्घाखाँची उद्योग बाणिज्य संघको आग्रहमा आज एक दिन सन्धिखर्क तथा चुत्रावेसी लगायतका जिल्लाका बजार बन्द छन्। सरकारी कार्यालय एवम संघ-सस्था, पार्टी कार्यालय सुनसान छन्।
हिजो भएको सवारी दुर्घटनामा परी ज्यान गुमाएका नेकपा माओवादीका राज्य कमिटि सदस्य एवं अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य नरेन्द्र बन्जाडेको शवलाई माओवादी अर्घाखाँचीले अन्तिम श्रद्धान्जलीको लागि कार्यालयमा राखेको छ । त्यस्तै जिल्ला अस्पताल सन्धिखर्कका स्वास्थकर्मीहरु पनि आफ्ना सहकर्मी गुमाउदा स्तब्ध र शोकमग्न छन्। सुनसरीको कुम्भ मेला हेर्न हिडेका वाङला-२ का जिल्ला जनस्वास्थ्य कार्यालयका पुर्व डा.विष्णु आचार्यको ज्यान गएको छ । उनका वुवा ७० वर्षीय जनार्दन र आमा ६० वर्षीय मिनादेवी छन । आचार्य चार वर्ष देखी अर्घाखाँची हस्पिटल प्रालिमा कार्यरत थिए ।
गच्छेखोला, रिडी लगायतका संम्सानघाट दाहसस्कार गरिएको छ।
सन्धिखर्कबाट बुटवलका लागि छुटेको लु १ ख ६२३१ नम्बरको बस र बुटवलबाट सन्धिखर्कतर्फ आउदै गरेको लु १ ख ७८२७ नम्बरको मिनि ट्रक एकआपसमा ठोक्किए पछि सडकबाट खसेका थिए ।
नरपानीको विगत १,२ वर्ष भित्रको दुर्घटना तथ्याङलाई हेर्दा
अर्घाखाँचीमा गएको १,२ वर्ष भित्रको तथ्याङलाई हेर्दा जतिबेला पनि नरपानी गाबिसमा नै बढी सवारी दुर्घटना भएको देखिन्छ । यो त हद सम्म नै भएको छ । नियम कानुन कसैले सुन्दैन । गाडीका चालकको लाप्रवाहीका कारण, तीव्र गति, मदिरापानका कारणले हरेक सवारी दुर्घटना भएको प्रहरीको भनाई छ। यहाँ हुने दुर्घट्नालाई लिएर कयौ देश- विदेशमा रहेका अर्घाखाँचीबासीहरुले नरपानी – सन्धिखर्क सडक खण्ड परिवर्तन गर्नुपर्ने, दहखोला, जगतमा ट्राफिक प्रहरी चौकी राखिनु पर्ने जस्ता कुरा उठाएका देखिन्छन । बिगत १,२ वर्षमा नरपानीमा भएका दुर्घटनाको तथ्याङ:-
≫ २०६९ साउन ७ : नरपानी गाविस – ५ दहखोलाको चिप्लो मोडमा दुर्घटना, १७ जनाको मृत्यु ।
≫ २०६९ श्रावण ८ सोमवार : नरपानी दहखोलामा फोर्स जिप दुर्घटना, १५ जनाको मृत्यु ।
≫ २०७० सोमबार , २२ पुस : नरपानी-४ फुद्बांग बजार नजिकै यात्रुबाहक बस दुर्घटना, ३ को मृत्यु, ४२ घाइते ।
≫ २०७० माघ २२, सोमवार : नरपानी गाविस वाड नं. ५ दहखोलामा आज बिहान एम्बुलेन्स दुर्घटना, एम्बुलेन्स चालक सहित तिन जना घाइते ।
≫ २०७०, ३ माघ : अर्घाखाँचीको नरपानी ६ मा माटोको ढिस्कोमा पुरिए, दुई महिलाको मृत्यु ।
≫ २०७० पौष १६ गते सोमबार: ट्याक्टर दुर्घटना नरपानी ५ जगतामा, हरि बहादुर खड्काको मृत्यु ।
≫ २०७१ वैशाख १७, बुधवार: बस र ट्रक दुर्घटना, नरपानि गाविस वार्ड नं. ५ जगत बहखरमा, १९ जनाको मृत्यु, ४५ जना घाईते ।
यसमा केही सुझाब भए जिल्ला प्रशासनमा सिदै संपर्क गर्न सकिनेछ:
Phone No : +977-77-420133 / +977-77-420208
Mobile No : +977-9857007777 (सिडिओ )
Fax No :077-420303
दुर्घटनामा मृत्यु हुनेहरु:
एकै घरका चार जनाको ज्यान गयो
सुनसरीको कुम्भ मेला हेर्न हिडेका वाङला-२ का जिल्ला जनस्वास्थ्य कार्यालयका पुर्व डा.विष्णु आचार्यको ज्यान गएको छ । उनका वुवा ७० वर्षीय जनार्दन र आमा ६० वर्षीय मिनादेवी छन । आचार्य चार वर्ष देखी अर्घाखाँची हस्पिटल प्रालिमा कार्यरत थिए ।
४) कृष्ण श्रेष्ठ वषी ५५ बुटवल
५) चन्द्रलाल श्रेष्ठ ४९ ठाडा
६) अवुतला आलमा ५१ वर्षीय भारतीय नागरिक
७) धनिश्वरी बगाले मगर ५९ नरपानी
८) अनिता बेल्वासे ३६ ठाडा
९) जनक खनाल ६१ प्युठान
१० ) नुर आलमा भारतीय नागरिक
११) यम जुरु भारतीय नागरिक
१२) वसन्ती खनाल १९ ढाकावाङ
१३) तिलकला वेस्वासे जुकेना
१४ नरेन्द्र बञ्जाडे २५ धारापानी
१५) छवि श्रीस रुपन्देही
१६ तामबहादुर पुन मगर वाङला-२
१७) गणेश बेल्वासे ठाडा
१८)शान्ता आचार्य वाङला-२
१९ एक जनाको सनाखत हुन सकेको छैन ।
काठमाण्डौ टिचिङ हस्पिटल पठाईएका घाईतेहरुमा
ढाकावाङ्ग-९ का ५५ वर्षिय नेत्र प्रसाद खनाल, अर्घा-५ का ३४ वर्षिय ऋषिराम रानाभाट, धनचौर-१ का १९ वर्षिय सरोज रायमाझि, ठुलापोखरा-३ का सञ्जु पौडेल, ठुलापोरा-३ हरि पौडेल, जुकेना-५ का हुमकला पौडेल, किमडाँडा-३ का नर बहादुर के.सी., ढाकावाङ्ग-८ ज्ञानु मरासिनी, बाँगी-२ का बिष्णु भुसाल, उहाँकी श्रीमती लक्ष्मी भुसाल, छोरी सीता भुसाल, अड्गुरी-१ चम्पा दर्लामी, अर्घा-५ का प्रकाश ढकाल, बुटवलका बल बहादुर श्रेष्ठ, अर्घा-६ का नारायण मरासिनी, जुकेना-३ का माया न्यौपाने, ठाडा-४ का अनिसा बेल्वासे, दाङ्ग लामटियाका चोपलाल बेल्वासे, भनभने-१ गुल्मीका कमल पन्थी लगायत छन ।
बुटवल रिफर गरिएका घाईतेहरुमा
बस चालक योगेन्द्र पराजुली, ईश्वर पौडेल, नर बहादुर के.सी., हुमा पौडेल, सपना महत्रा, अपेक्षा बेल्वासे, लक्ष्मी के.सी., राजिव आले लगायत छन ।
स्याँलेमा जीप पल्टदा मृत्यु
यसैगरी दुर्घटनाका घाईतेहरुको उद्दारका लागि घटनास्थल जाँदै गरेको लु.१ज १३२९ नम्बरको जीप सन्धिखर्क-६ को स्याँलेमा सडकमा पल्टदा वाङ्गला-९ का २१ वर्षिय टाम बहादुर कुम्भकारको मृत्यु भएको छ भने हंसपुर-२ घर भई हाल चुत्रावेसि बस्दै आएका शीव परियार गम्भीर घाईते छन । घाईते परियारलाई उपचारका लागि बुटवल पठाईएको छ ।