एकीकृत माओवादीको राष्ट्रिय सम्मेलन विराटनगरमा शुरु

काठमाडौं, वैशाख १८ । एकीकृत माओवादीको राष्ट्रिय सम्मेलन आजदेखि विराटनगरमा शुरु भएको छ । हेटौंडामा सातौ राष्ट्रिय महाधिवेशन सम्पन्न भएको १५ महिनापछि पार्टी पुननिर्माणका लागि अघि बढौं भन्ने नारासहित राष्ट्रिय सम्मेलन आयोजना गरिएको हो ।
विराटनगरस्थित शहीद रंगशालामा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सम्मेलन उद्घाटन गरेका छन् । एक हजारभन्दा बढी प्रतिनिधि सहभागी सम्मेलनको बन्द शत्र वीरेन्द्र सभा गृहमा हुनेछ । बन्द सत्रमा प्रचण्डले राजनीतिक तथा सांगठनिक प्रतिवेदन पेश गर्ने कार्यक्रम छ ।
नेकपा माओवादीसँग एकता गर्ने, पार्टीलाई बलियो बनाउने संविधानसभा र संसदमा अपनाउने रणनीति लगायतका विषय प्रतिवेदनमा समेटिएको बताइएको छ । अर्कातिर नेता बाबुराम भट्टराइले पनि छुट्टै प्रतिवेदन पेश गर्ने तयारी गरेका छन् । पाँच दिनसम्म चल्ने सम्मेलनले एमाओवादीको नयाँ कार्यनीति तय गर्ने छ । IMAGEKHABAR