गर्मी बढेसँगै पूर्वी नेपालमा सफा पानी र स्वास्थ खानेकुराको कमीले देखा पर्ने विभिन्न रोगको प्रकोप देखा परेपछि सावधानी अपनाउन चिकित्सकहरुले सुझाव दिएका छन्।
केही दिनदेखि विराटनगरमा फैलिएको हेपाटाइटिस ‘इ’ रोगका कारण सयौं मानिस प्रभावित भएपछि अधिकारीहरुले रोकथामको प्रयासलाई तिव्रता दिएका छन्।
अस्पतालमा विरामीहरुको घुँइचो लागेपछि उपचार बाहेक चिकित्सकहरु थपिएको र सरसफाइबारेको सचेतना अभियान अघि बढाइएको जनाइएको छ।
विराटनगरस्थित कोशी अञ्चल अस्पतालमा उपचारमा आउने विरामी मध्ये दैनिक ५० जना भन्दा बढीमा हेपाटाइटिस ‘इ’ रोगको संक्रमण भेटिएको चिकित्सकहरुले बताएका छन ।
चिकित्सकहरुका अनुसार दुईसाताको अवधिमा मोरंङ र सुनसरीमा जण्डिसका कारण ५ जनाको ज्यान गइसकेको छ।
मोरंङका जनस्वास्थ्य प्रशासक नवराज सुब्बाले रोग फैलँने क्रम नरोकिएकोले त्यसलाई प्रकोपमा रुपमा घोषणा गर्दै रोकथामको पहल थालिएको बताए।
स्थानिय अस्पतालहरुमा हेपाटाइटीस ‘इ’ बाट संक्रमित विरामीहरुको चाप अप्रत्याशितरुपमा बढेपछि सरकारी अधिकारीहरु त्यसको कारण र रोगथामको उपाय खोज्न थालेका छन ।
भाइरसबाट फैलने यो रोगको खासै उपचार नभएकाले खानपानमा सावधानी अपनाउनु पर्ने कोशी अञ्चल अस्पताल बिराटनगरका चिकित्सक दिपक सिग्देलले बताए।
उनी भन्छन्,