२०७१ बैशाख १९ शुक्रवार / प्रतिकूल मौसमबीच एकीकृत नेकपा माओवादीको राष्ट्रिय सम्मेलन उद्घाटन सत्र बिहीबार सकिएको छ। अन्तर्राष्ट्रिय श्रमिक मजदुर दिवसको दिन सुरू भएको राष्ट्रिय सम्मेलनको उद्घाटन मञ्चबाटै पार्टी कार्यदिशाबारे शीर्ष नेताले फरक विचार प्रस्तुत गरेका छन्।
अध्यक्ष पुष्पकमल दाहाल र अर्का उपाध्यक्ष नारायणकाजी श्रेष्ठ पार्टी हेटौडा महाधिवेशनबाट पारित समाजवादी क्रान्तिको कार्यदिशाको पक्षमा एकैठाउँ उभिएका छन्। वरिष्ठ नेता डा. बाबुराम भट्टराईले पूँजीवादी क्रान्ति सम्पन्न भइनसकेको भन्दै हेटौडा कार्यदिशा परिमार्जनसहित नयाँ संगठन र नयाँ पार्टी निर्माण गर्नुपर्ने फरक विचार व्यक्त गरेका छन्। दाहाल