पूर्वाञ्चल क्षेत्रमा हावाहुरीसँगै आएको चट्याङ लागेर तीन जनाको मृत्यु, ११ जना घाइते

वैशाख १९ – पूर्वाञ्चल क्षेत्रमा गए राति हावाहुरीसँगै आएको चट्याङ लागेर तीन जनाको मृत्यु हुनाका साथै ११ जना घाइते भएका छन्।
 
पूर्व क्षेत्रीय प्रहरी कार्यालय विराटनगरका अनुसार भोजपुर प्याउली-१ बस्ने २४ वर्षीय एकराज श्रेष्ठ तथा सोलु टाकसिन्धु-३ बस्ने १७ वर्षीय छेवाङ शेर्पा र ३८ वर्षीया डानिमा शेर्पाको घरको आँगनमा बसिरहेका अवस्थामा चट्याङबाट मृत्यु भएको छ।
 
गए राति परेको चट्याङमा परी ओखलढुङ्गा कटुन्जे