वैशाख १९ । भारतको आसाममा विद्रोही समूह बोडोले गोली हानी १० जनाको हत्या गरेको छ । मारिनेमा आठ महिला र दुई बालबालिका छन् ।
आसामको बक्सा र कोकराझार जिल्लामा हतियारसहित प्रवेश गरेका विद्रोही समूहले घरको काममा रहेका महिलामाथि आक्रमण गरी उनीहरुको हत्या गरेका हुन् । आक्रमणमा केही घाइते भएका छन् ।
बस्ती प्रवेश गर्नुअघि उनीहरुले एक पत्रकारलाई कुटपीट गरेका थिए । घटनामा आसामको विद्रोही समूह नेसनल डेमोक्रेटिक फ्रन्ट अफ बोडोल्याण्डको संलग्नता रहेको हुनसक्ने आशंका प्रहरीको छ ।
गत २४ अप्रिलमा भएको मतदानमा मुस्लिमहरुले बोडो उम्मेदवारलाई भोट नदिएकाले मुस्लिम समुदायका व्यक्तिलाई गोली हानेको हुनसक्ने आशंका गरिएको छ ।
बोडोल्याण्ड क्षेत्रमा सन् २०१२ देखि भड्केको साम्प्रदायिक हिंसामा सयौं व्यक्ति मारिइसकेका छन् । (एजेन्सी) –