रुसी समर्थक र यूक्रेनी समर्थकबीच झडप, ओदेसाको एक सरकारी भवनमा आगलागी हुँदा ३१ जनाको मृत्यु

वैशाख २० । यूक्रेनको दक्षिण-पश्चिम भागस्थित हिंसाग्रस्त ओदेसा शहरको एक सरकारी भवनमा आगलागी हुँदा ३१ जनाको मृत्यु भएको छ । 
शहरमा रुसी समर्थक र यूक्रेनी समर्थकबीच झडप भैरहेका समयमा ट्रेड यूनियन हाउसमा आगलागी भएको यूक्रेनी गृह मन्त्रालयले जानकारी दिएको हो ।
केहीको धुँवामा निस्सासिएर तथा केहीको भागदौडमा  परेर मृत्यु भएको थियो । यसअघि स्लोवियास्क शहरमा गरिएको सरकारी कार्वाहीमा थुप्रैं पृथकतावादी मारिएको जानकारी राष्ट्रपति ओलेक्सान्द्र तुर्चीनोवले दिएका थिए । रुसी समर्थक प्रदर्शनकारीहरुले पूर्वी यूक्रेनका दर्जनौं सरकारी कार्यालय कब्जामा लिएका छन् ।  AGENCIES