एकीकृत माओवादीको जारी राष्ट्रिय सम्मेलनमा भट्टराईद्धारा प्रंचण्डको दस्तावेज यथार्थपरक नभएको भन्दै तत्काल महाधिबेशनको माग

विराटनगर, वैशाख २० । एकीकृत माओवादीको विराटनगरमा जारी राष्ट्रिय सम्मेलनमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेश गर्नु भएको दस्ताबेजमा नेता डाक्टर बाबुराम भट्टराईले फरक मत रखेका छन् । 
भट्टराईले प्रंचण्डको दस्तावेज यथार्थपरक नभएको भन्दै तत्काल महाधिबेशनको माग गरेका छन् ।  भट्टराईको सातबुंदे फरक मतमा प्रचण्डको मस्यौदामाथि गंभीर असहमति जनाईएको छ ।
नेकपा एमालेको एक शब्द पनि आलोचना नगरिएको प्रचण्डको प्रतिबेदनले बाम धु्रबीकरणको नाममा राजनीतिक अबसरवादिता सिर्जना गर्ने तर्क भट्टराईको छ । 
भट्टराईको प्रस्तावको पूर्ण विवरण
राष्ट्रिय सम्मेलनमा प्रस्तुत दस्तावेज वारे संक्षिप्त टिप्पणी
१. क. अध्यक्षद्वारा प्रस्तुत दस्तावेजले