बिराटनगरमा जारी एकीकृत माओवादीको राष्ट्रिय सम्मेलन नेताहरुको विवादका कारण प्रभावित

बिराटनगर, वैशाख २३ । बिराटनगरमा जारी एकीकृत माओवादीको राष्ट्रिय सम्मेलन नेताहरुको विवादका कारण प्रभावित बनेको छ । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रस्ताव गर्नुभएको ९९ सदस्यीय केन्द्रीय समितिको नामावलीमा बाबुराम भट्टराईलगायतका शिर्ष नेताले असहमति जनाएपछि सम्मेलन प्रभावित बनेको हो ।
केन्द्रीय सदस्यमा दाहालले एकलौटी नाम चयन गरेको भन्दै पूर्व उपाध्यक्षद्धय भट्टराई र नारायणकाजी श्रेष्ठ तथा पूर्व सचिव पोष्टबहादुर बोगटीलगायत नेताले अस्वीकार गरेका हुन् । विवादकै कारण अस्ति १ बजेदेखि स्थगित भएको बन्द शत्र अझै सुचारु हुन सकेको छैन ।
नयां कार्यसमिति चयन किचलोले एमाओवादीभित्र संगठनको मुद्धा थप पेचिलो बनेको छ । प्रमुख शीर्ष नेताको असहमतिले कार्यसमिति चयन निर्वाचन प्रकृयामार्फत हुने सम्भावना बढाएको छ । अहिले स्थानिय स्वागतम् होटलमा अध्यक्ष प्रचण्डले छुट्टाछुट्टै नेताहरु भेटी सहमतिको प्रयास गरिरहेका छन् । IMAGEKHABAR