वैशाख २२ । चीनमा सैन्य सूचना चुहाएको आरोपमा ली नामका एक व्यक्तिलाई १० वर्षको जेल सजाय सुनाइएको छ । क्वाङतोङ प्रान्तका लीले चिनियाँ सेनाको सूचना कुन मुलुकलाई उपलब्ध गराएका थिए भन्नेबारे केही नखुलाइएको सिन्ह्वा समाचार एजेन्सीले जनाएको छ ।
उनले २३ किसिमका महत्वपूर्ण दस्तावेज चुहाएको बताइएको छ । जसमध्ये १३ वटा अति महत्वपूर्ण रहेको सिन्ह्वाले जनाएको छ । उनले सैन्य गतिविधिका तस्वीरहरुले पनि चोरी गरेका थिए ।
ली सन् २००० देखि तटीय सहर क्वाङतोङमा काम गर्दै आएको बताइएको छ । गत महिना मात्र चिनियाँ राष्ट्रपति सी चिनफिङले मुलुकको सुरक्षाप्रति संंवेदनशील हुन सचेत गराउँदै गोप्य सूचनाहरुको चुहावटले मुलुकलाई गम्भीर अवस्थामा पुर्याउने चेतावनी दिएका थिए । (एजेन्सी)