वैशाख २३ । इजिप्टका पूर्व सेना प्रमुख अब्दुल अल फतह अल सीसीले मुश्लिम ब्रदरहुडको अस्तीत्व समाप्त गर्ने चेतावनी दिएका छन् ।
इजिप्टमा आगामी मे महिनामा हुन लागेको राष्ट्रपतिय निर्वाचन पदका उम्मेदवार रहेका अल सीसीले स्थानीय टेलिभिजनलाई अन्तवार्ता दिदै प्रतिबन्धित मुश्लिम ब्रदरहुड पार्टीको अस्तीत्व समाप्त भएर जाने प्रतिक्रिया दिएका हुन् ।
आफनो हत्या प्रयासमा लागिरहेको बताउँदै सीसीले मोहमद मुर्सीलाई इजिप्टका जनताले लखेटेकोले उनको पार्टीको कुनै औचित्य नभएको प्रतिक्रिया दिएका हुन् ।
सीसीले आगामी निर्वाचनमा बहुमतका साथै जीत हासिल गर्ने बिश्वास समेत ब्यक्त गरेका छन् । गत जुलाईमा मुर्सीलाई सेनाले कु गरि अपदस्त गरेको थियो । सेना समर्थित इजिप्ट सरकारले मुश्लिम ब्रदरहुड पार्टीका ६ सय भन्दा बढीलाई मृत्युदण्डको सजायँ सुनाई सकेको छ । IMAGEKHABAR