वैशाख २३ । थाइल्याण्डकी प्रधानमन्त्री यिङ्लक सिनावात्रा पदको दुरुपयोग गरेको आरोपको बचाउ गर्न त्यहाँको संवैधानिक अदालतमा उपस्थित भएकी छन् । थाइल्याण्डका सांसदहरुले सिनावात्राले पदको दुरुपयोग गरेको आरोप लगाएपछि उनी बयान दिनका लागि अदालत पुगेकी हुन् ।
राष्ट्रिय सुरक्षा प्रमुख थाविल प्लेन्सरीलाई सन् २०११ मा गैरकानुनी ढंगले सरुवा गरेर उनको पार्टीले फाइदा लिएको आरोप ती सिनेटरले लगाएका छन् । अदालतसमक्ष उनले आफ्नो निर्णय गैरकानुनी नरहेको र कुनै अनुचित फाइदा पनि नलिएको दाबी गरेकी छन् ।
आरोप पुष्टी भएका सिनावात्राले पद त्याग्नपर्नुका साथै पाँच वर्षसम्म राजनीति गर्न प्रतिबन्ध लाग्नेछ । सुनुवाइ सकिएपछि अदालतले सम्भवतः भोलि यसबारे निर्णय दिनेछ ।
निर्णय विपक्षमा आएमा माथिल्लो अदालतमा पुनरावेदनमा जाने तयारी उनको पार्टीले गरेको छ । सन् २०१३ देखि चर्केको सरकार विरोधी आन्दोलनका कारण थाइल्याण्डमा राजनीतिक गतिरोध बढेको छ । (एजेन्सी)