अफ्रिकी मुलुक केन्यामा विषाक्त रक्सी सेवनका कारण कम्तिमा ६० जनाको मृत्यु

वैशाख २४ । अफ्रिकी मुलुक केन्यामा विषाक्त रक्सी सेवनका कारण कम्तिमा ६० जनाको मृत्यु भएको छ भने कयौं बिरामी परेका छन् । कयौको दृष्टि गुमेको छ ।
केन्याको इम्बु, किटुइ लिमूर र कियाम्बु सहरका बासिन्दाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । ती सर्वसाधारणले एकै ब्राण्डको रक्सी सेवन गरेका थिए ।
रक्सीमा मिथेनल रसायन मिसिइएको हुन सक्ने आशंका गरिएको छ । यस काण्डमा उद्योग सञ्चालकलाई पक्राउ गरिएको छ ।
केन्यामा घरेलु रक्सी सेवन अत्यधिक गरिन्छ । (एजेन्सी)