धनकुटामा लागेको डढेलोबाट १० प्रतिशत वन जलेर सखाप, करोडभन्दा बढीको क्षति

धनकुटा, वैशाख २५ । धनकुटामा यस वर्ष लागेको डढेलोबाट १० प्रतिशत वन जलेर सखाप भएको छ भने एक करोडभन्दा बढीको क्षति भएको छ । ३६ हजार हेक्टर क्षेत्रफलमा रहेको वन मध्ये १५ वटा सामुदायिक तथा एक सरकारी वनको १० प्रतिशत वन जलेर नष्ट भएको जिल्ला वन कार्यलय धनकुटाले जनाएको छ ।
चैत्रयता लागेको डढेलोले विभिन्न वनमा रहेको जडिबुटी, बोटविरुवा, काठपात र वन्यजन्तु गरी करोडौँ रुपैयाँ बराबरको क्षति भएको जिल्ला वन अधिकृत यादव धितालले जानकारी दिए ।
डढेलोले बेलहारा, तांखुवा, तेलिया, मुगा, पाख्रिवास लगायतका गाविसमा रहेका सामुदायिक वनमा बढी क्षति गरेको छ । प्रायः पानी नपर्ने र सुख्खा याममा बर्सेनी डढेलो लाग्ने गरेको छ । IMAGEKHABAR