एकीकृत माओवादीसँग एकताको कुनै सम्भावना नरहेको नेकपा-माओवादीका सीपी गजुरेलको भनाइ

काठमाडौं, वैशाख २४ । नेकपा-माओवादीका उपाध्यक्ष सीपी गजुरेलले एकीकृत माओवादी र नेकपा-माओवादीबीच एकताको कुनै सम्भावना नरहेको बताएका छन् । आज राजधानीमा सञ्चारकर्मीहरुसँग कुरा गदै गजुरेलले आन्तरिक विवादमा फसेको एकीकृत माओवादीसँग एकता गर्नुको कुनै अर्थ नहुने बताए ।
एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहालको कार्यशैली नसच्चिएको भन्दै गजुरेलले तत्काल दुई पार्टीबीच एकता असम्भव रहेको दाबी समेत गरे । दाहाल र नेता बाबुराम भट्टराईबीच चुलिएको विवादले एमाओवादी विघटनको दिशामा अघि बढेको भन्दै उनले शाक्ति सन्तुलनको नाममा एकता गर्न नसकिने समेत प्रष्ट पारे ।
आफूहरुले हिजो सार्वजनिक गरेको पार्टी एकताका ६ वटा आधार एमाओवादीसँग नभई नेकपा एकीकृत र क्रान्तिकारी कम्युनिष्ट पार्टीसँगको एकताका लागि भएको उनको भनाइ थियो । IMAGEKHABAR