सन्धिखर्क नगरपालिकामा अब सन्धिखर्क, खाचिकोट, नरपानी, किमडाँडा, अर्घा, डिभर्ना र वाङला ! नगरपालिकामा १५ वटा वार्ड हुने ( नयाँ नगर वार्ड कार्यालय र चूनाबि केन्द्र कहाँ-कहाँ सम्पूर्ण विवरण सहित)


 

सन्धिखर्क, अर्घाखाँची, २०७१ बैशाख २५ बिहीवार । सरकारले अर्घाखाँचीका केही गाबिसलाई समटेर सन्धिखर्कलाई नगरपालिका बनाउने पुर्व घोषणालाई स्वीकृत गरेको छ। नगरपालिका बनाउन सन्धिखर्क, खाचिकोट, नरपानी, किमडाँडा, अर्घा, डिभर्ना र वाङलालाई समटिएको हो। साथै नगरपालिकाको केन्द्र सन्धिखर्क बजार उल्लेख छ।

 

यसअघि नेपाल सरकारले “२०६८ – २०६९”को बजेट भाषणमा सन्धिखर्क लाई नगरपालिका घोषणा गरेपछी अर्घाखाँची बासीमा खुसीयाली छायो तर खुसी सँगै बिरोधका स्वर पनि घन्किएको थियो । भौगोलिक अध्ययन र स्थानिय बस्तुस्थितीको अध्ययन नै नगरि हचुवाको भरमा नगरपालिका घोषणा गरिएको भनेर बिरोध गरिएको थियो।

 

यसैक्रममा नगरपालिका भित्र नपरेका तर सन्धिखर्क बजार आस-पासका गाविसका जनताको तिब्र बिरोध पछी अन्तत: स्थानिय ४ वटा गाविसलाई समेट सन्धिखर्क नगरपालिकामा समाहित हुने गरी नगरपालिकाको वार्ड बिभाजन गरी नयाँ नयाँ प्रस्ताव स्वीकृतका लागि केन्द्रमा पठाइएको थियो। 


नयाँ ढाचा अनुसार नयाँ नगरपालिकाको नाम सन्धिखर्क नगरपालिका रहने र त्यसभीत्र नयाँ थपिएका चार गाविस सहित जम्मा सात वटा गाविस रहने भएका छन ।

 

नयाँ र पुराना गरी कुल ७ वटा गाबिसलाई मिलाई नगरपालिकामा १५ वटा वार्ड हुने गरी वार्ड बिभाजन गरिएको छ।

 

१५ वटा वार्ड हुने गरी वार्ड बिभाजन नयाँ थपिएका गाविससगै सन्धिखर्क नगरपालीकाको अवस्था यस्तो हुने छ :

 

सन्धिखर्क गाबिसका पुराना वार्ड न.४,५ र ६ नयाँ नगरपालिकाको वार्ड न् १ हुने तथा र पुराना वार्डहरु ७,८,र ९ वार्ड नयाँ नगरमा वार्ड न.२ हुने छन। त्यसैगरी पुराना वार्ड १,२,३ नयाँ नगरपालिकामा वार्ड न.३ हुने छ।

 

वाङ्ला गाबिसका पुरानो वार्ड न. १,२,३,४ र ५ लाई नगरपालिकामा वार्ड न.४ मा राखिने भएको छ भने वाङ्लाकै पुराना वार्ड न. ६,७,८,र ९ लाई नयाँ नगरपालिकामा वार्ड न.५ हुने गरी राखिएको छ।
 
नरपानी गाविसको पुरानो वार्ड क्रमस: १,२,३,५ र ६ लाई नयाँनगरमा वार्ड न.६ हुने गरी समावेश गरिएको त्यसै गरी पुराना वार्ड ४,७,८,र ९ लाई नयाँ नगरमा ७ नम्बर वार्ड गरिएको छ।

 

खाचिकोट गाबिसका पुराना वार्डहरु क्रमस ७,८,९,१,र ३लाई नयाँ नगरपालिकामा वार्ड न. ८ हुने गरी , त्यसै गरी वार्ड न् २,४,५,६ लाई नयाँ नगरपालिका मा वार्ड न् ९ हुने गरी बिभाजन गरिएको छ।

 

किमडाडा गाबिसका पुराना वार्डहरु क्रमस:१,२,३ र ५ लाई  नयाँ नगरपालिकामा वार्ड न् १० हुने गरी त्यसै गरी वार्ड न.,६,७,८,र ९ लाई नयाँ नगरमा वार्ड न् ११ हुने गरी प्रस्ताव गरिएको छ।

 

अर्घा गाबिसका पुराना वार्डहरुमा क्रमस वार्ड न् १,२,३,४ र ८ लाई नयाँ नगरमा वार्ड न् १२ हुने गरी र वार्ड न् ५,६,७,र ९ लाई नयाँ नगरमा वार्ड न् १३ हुने गरी समाबेश गरिएको छ ।

 

डिभर्ना गाबिसका पुराना वार्ड न.१,२,३ र ४ लाई नयाँ नगरपालिका को वार्ड न् १४ मा समाबेश हुने गरी र ५,६,७,८,र ९ लाई  नयाँ नगरपालिकाको वार्ड न १५ हुने गरी समाबेश गरिएको छ।

 

यस्तो सरचनामा सन्धिखर्क नगरपालिका भित्र जम्मा १५ वार्ड रहने छन ।

 

नयाँ नगर वार्ड र चूनाबी केन्द्र –

 

सोही अनुसार सोही सन्यन्त्रलेनै नयाँ नगर वार्डहरुको नयाँ चूनाबी केन्द्रहरुलाई पनि एकै साथ निर्धारण गरेको छ। जस अनुसार वार्ड न.१ सन्धिखर्कको चूनाबि केन्द्र अर्थात् नगरपालिकाको वार्ड कार्यालय सन्धिखर्क,२ न.वार्डको कार्यालय वार्ड न् २ को चुत्राबेसी,३ को बराहनेटा केन्द्र हुने गरी र वार्ड न् ४ को नागेंठाटी तोकेको छ।

 

वार्ड न ५ को बरपोखरा, वार्ड न् ६ को भुवनडाडा,७ को नरपानी, वार्ड  न.८ को उपल्लो किटेनी चौपारी र वार्ड न.९ को गच्छे बजार, वार्ड न.१० को लामीडाडा नेराप्राबि भएको स्थानमा त्यसैगरी वार्ड न् ११ को सिमलपाटा , वार्ड न् १२ को राइसचौर, वार्ड न् १३ को धरमपानी केन्द्र हुने गरी त्यसै गरी वार्ड न.१४ को पुरानै गाबिस विजय माबि डिभर्ना कार्यालय हुने गरी र वार्ड न् १५ को झेडी कार्यलय र केन्द्र  हुने गरी नयाँ प्रस्ताव गरेका छन।

 

Arghakhanchi.Com editor Birendra KC contributed to this report.

 













 



 

 

अन्य समाचारहरु