पाकिस्तानमा भूकम्प जाँदा एक जनाको मृत्यु, दर्जनौं घाइते

वैशाख २६ । पाकिस्तानमा भूकम्प जाँदा एक जनाको मृत्यु भएको छ भने दर्जनौं घाइते भएका छन् । पाकिस्तानको दक्षिणी भागमा आज आएको भूकम्पको केन्द्रविन्दु सिन्ध प्रान्तको नवावशाह इलाका भएको भू-गर्भविदहरुले बताएका छन् ।
४ दशमलव ६ रेक्टर स्केल मापन गरिएको भूकम्पका कारण सयभन्दा बढी घर भत्केका छन् ।
पाकिस्तानमा गत वर्ष गएको भूकम्पमा ३ सय जनाको ज्यान गएको थियो । (एजेन्सी)